मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

सिद्धार्थ बैंकलाई ‘अन्तर–बैंक पुरुष फुटसल’ को उपाधि

शुक्रबार, बैशाख १४ २०८१

काठमाडौं ।सिद्घार्थ बैंक लिमिटेडले नेपाल राष्ट्र बंैकको ६९ औं वार्षिकोत्सवको अवसरमा नेपाल राष्ट्र बंैक, वीरगञ्ज कार्यालयले आयोेजना गरेको ‘अन्तर–बैंक पुरुष फुटसल’ प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । बैशाख ९ देखी १२ गतेसम्म आयोेजना भएको उक्त प्रतियोगितामा १९ बैंक तथा वित्तीय संस्थाहरुको सहभागिता रहेको थियो ।
बुधबार वीरगञ्ज स्थित हाम्रो फुटसल मैदानमा भएको फाइनल खेलमा प्रतिस्पर्धी टिमलाई ६–० गोलले हराउँदै सिद्धार्थ बैंकले उपाधी जितेको हो । विजेता टिमलाई वीरगञ्ज उप–महानगरपालिकाका मेयर श्री राजेश मान सिंहज्यूले ट्रफी हस्तान्तरण गरेका थिए । सो फाइनल खेलमा ४ गोल गर्दै म्यान अफ द म्याच सिद्धार्थ बैंकका सुदिप ताम्राकार भएका थिए । साथै, उक्त फुटसल प्रतियोगितामा सिद्धार्थ बैंकका प्रज्वल जंग कार्की उत्कृष्ट गोलरक्षक र सिद्धार्थ बैंककै पुष्प दनुवार सर्वोकृष्ट खेलाडीका रुपमा पुरस्कृत भएका थिए ।