बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

ज्योति विकास बैंकको नयाँ शाखा नवलपुरको कावासोतीमा

सोमबार, मंसिर १७ २०७५

काठमाडौं मंसिर, १७–
ज्योति विकास बैंकले नवलपुरको कावासोतीमा नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकको कावासोती नगरपालिका वडा नं ८, कावासोती, नवलपुरमा रहेको नयाँ शाखा औपचारिकरुपमा प्रमुख अथिति कावासोती नगरपालिका वडा नं ८ का अध्यक्ष आनन्द गुरङ तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काले संयुक्तरुपमा समुुद्धघाटन गरेका हुन् । यो समेत गरी बैंकको कुुल शाख संख्या ८० वटा पुुगेको छ । 
बैंकले हाल ८० वटा शाखा तथा २२ वटा एटिएम मार्पmत बित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । बैंकले चालुु आर्थिक बर्षभित्रमा थप १० वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटिएम संचालनमा ल्याउने तयारी गरेको  छ । हालसम्म बैंकले एक लाख ५० हजारभन्दा बढी खाताबाट २३ अर्बभन्दा बढि निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत १८ अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ । बैंकको चुुक्ता पुंजी हाल दुुई ५९ करोड रुपैैयाँ रहेको छ । बैकले हाम्रो बिकास बैकलाई प्राप्ती गरी एकीकृत कारोवार गर्ने तयारी गरेको छ । सो पश्चात भने बैंकको चुक्ता पुंजी तीन अर्ब १० करोड रुपैयाँ पुुग्ने छ ।