मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

अपांगता भएकालाई मुक्तिनाथको साथ

मंगलबार, बैशाख ११ २०८१

काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत इनेबल नेपाल संस्थासँगको साझेदारीमा देशका विभिन्न स्थानमा बसोबास गर्ने र कृत्रिम हात आवश्यकता पर्ने बालबालिकालाई कृत्रिम हातहरू वितरण गरेको छ ।

एक कार्यक्रमबीच बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ र इनेबल नेपाल संस्थाका पदाधिकारीले संयुक्तरूपमा कृत्रिम हातहरू बालबालिकालाई वितरण गरेको बैंकले जनाएको छ । कार्यक्रममा बैंकका कर्मचारी, बालबालिकाका अभिभावक र इनेबल नेपालका कर्मचारीको उपस्थिति थियो ।

हाल बैंकले पाँच थान कृत्रिम हात वितरण गरिसकेको र निकट भविष्यमा थप कृत्रिम हात वितरण गर्ने बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत गुरुङले बताउनुभएको छ । उक्त सहयोगबाट लाभकारी बालबालिकाको जीवनमा सकारात्मक परिवर्तन हुने र आत्मविश्वास बलियो गर्न मद्दत पुग्ने बैंकले विश्वास लिएको छ ।