मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

फोनपे पेमेन्ट सर्भिसद्वारा नेपालको पहिलो डोमेस्टिक क्रेडिट कार्ड सञ्जालको सुरुवात

सोमबार, बैशाख १० २०८१

ललितपुर । फोनपे पेमेन्ट सर्भिस लिमिटेडले नेपालको पहिलो डोमेस्टिक क्रेडिट कार्ड सञ्जालको सुरुवात गरेको छ । डोमेस्टिक क्रेडिट कार्ड सञ्जाल अन्र्तगत कम्पनीले नेपालमा पहिलो पटक पुर्णरुपमा डिजिटल क्रेडिट कार्डको सुरुवात सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड संगको सहकार्यमा सुरुवात गरेको जनाएको छ ।
नेपालका बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना ग्राहकहरुलाई फोन पे कार्ड योजना अन्र्तगत रहि पुर्णरुपको डिजिटल क्रेडिट कार्ड आफ्नो मोबाइल बैंकिङ्ग एप मार्पmत उपलब्ध गराउन सक्नेछन् । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड यस्तो कार्ड जारी गर्ने नेपालको पहिलो बैंक भएको छ । सिटिजन्स बैंकका ग्राहकहरुले यो क्रेडिट कार्डको सुविधा सिटिजन्स बैंकको मोबाइल बैंकिङ्ग एप मार्पmत लिन सक्ने कम्पनीले जानकारी दिएको छ ।
नेपाल राष्ट्र बैंकले परिकल्पना गरेको नेपालको आफ्नै डोमेस्टिक कार्ड परियोजना अन्र्तगत नेपाल राष्ट्र बैंकबाट यस संस्थालाई प्राप्त अनुमति बमोजिम फोन पे कार्ड योजना सञ्चालनमा ल्याउन लागिएको हो । यस फोनपे क्रेडिट कार्डले नेपालको कार्ड भुक्तानी उद्योगलाई पुनः परिभाषित गर्ने विश्वास फोनपेले लिएको छ । उक्त क्रेडिट कार्ड पुर्णरुपमा डिजिटल अनबोर्डिङ्ग र जारी हुने तथा हाल फोन पे क्यु आर मा आबद्ध करिब १४ लाख व्यावसायीहरुको स्थानहरुमा निर्बाद रुपमा प्रयोग गर्न सकिने फोनपेले जनाएको छ ।
फोनपेका सीईओ दिवस कुमारले भने, “हामीले नेपालमा भुक्तनीको नयाँ उपकरणको रूपमा फोन पे कार्ड योजना प्रस्तुत गर्न पाउँदा उत्साहित छौं । यसको सजिलो पहुँच र बलियो सुरक्षा सुविधाहरूको साथ, यो सेवाद्वारा ग्राहकहरूले आफ्नो वित्तीय व्यवस्थापन र कारोबार सञ्चालन गर्ने तरिकालाई पुनः परिभाषित गर्ने विश्वास लिएका छौं ।”
कुमारले अन्त्यमा भने, “फोनपेको तर्पmबाट नेपालको आफ्नै डोमेस्टिक कार्ड योजना सुचारु गर्न अनुमति प्रदान गरि आवश्यक निर्देशन दिई सहयोग तथा दिशानिर्देश गरिदिने नियामक निकाय नेपाल राष्ट्र बैंकलाई हार्दिक धन्यवाद दिन चाहन्छौं । साथै, आफ्ना ग्राहकहरुलाई अत्याधुनिक सुविधा उपलब्ध गराउन यस फोन पे कार्ड योजना अन्र्तगतको नेपालको पहिलो भर्चुअल क्रेडिट कार्ड जारी गर्ने सिटिजन्स बैंकलाई बधाई दिन चाहन्छौं ।”