बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रधानमन्त्रीको आदेशलाई यसरी लत्याए कर्मचारीले, पटक–पटक विदेश घुमेको घुम्यै

सोमबार, मंसिर १७ २०७५

१७ मंसिर, काठमाडौं– प्रधानमन्त्री केपी ओलीले अनावश्यक विदेश भ्रमण रोक्न पटक–पटक दिएको निर्देशन अटेर गर्दै केही कर्मचारी घुमघाममा व्यस्त छन् ।

आफ्नो जिम्मेवारीसँग असम्बन्धित विषयमा विदेश सयर गर्ने क्रम नरोकिएपछि प्रधानमन्त्री कार्यालयले त्यस्ता कर्मचारीको सूची बनाउन थालेको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

नयाँ आर्थिक वर्ष सुरु भएयताका चार महिनामा सबैभन्दा बढी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारी विदेश गएका छन्।

सामान्यबाट मंसिर १ मा १८ कर्मचारी कोरिया भ्रमणमा गएका छन् भने मंसिर ९ मा २० जना चीनको बेइजिङ उडेका छन्। दुवै टोली दुई साता लामो भ्रमणमा गएका हुन्।

त्यसलगत्तै सहसचिव रुद्रसिंह तामाङको नेतृत्वमा मन्त्री लालबाबु पण्डितका निजी सचिव रमेश अधिकारीसहित ९ जना कर्मचारी फिलिपिन्स भ्रमणमा गएका छन्।

प्रधानमन्त्री कार्यालयका अनुसार साउन र भदौमा सामान्य प्रशासनका ९१ कर्मचारीले विदेश सयर गरेका थिए। त्यसपछि वन तथा वातावरण मन्त्रालयका ७७ कर्मचारीले विदेश भ्रमण गरेको कार्यालयमा रेकर्ड छ। असोज, कात्तिक र मंसिरमा पनि यिनै दुई मन्त्रालयका कर्मचारी बढी विदेश घुमेका छन्।