काठमाडौं मंसिर, १६–
सञ्चालनमा रहेका २८ वटा वाणिज्य बैंकहरु मध्ये शाखा सञ्जाल, निक्षेप र कर्जा आदिमा मुुुलुुक कै ठुुलो मानिएको एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृतको पदमा रोशनकुमार न्यौपाने नियुुक्त भएका छन् । बैंक सञ्चालक समितिको आईतबार बसेको बैठकले सोही दिनदेखि नै कार्यान्वयनमा आउने गरि बैंकमा कामुु प्रमुुख कार्यकारीरुपमा रहेका न्यौपानेलाई प्रमुख कार्यकारीको पदमा नियुक्त गरेको हो ।
यसअघि एनआईसी एशियाको प्रमुुख कार्यकारी अधिकृतको पदमा लक्ष्मण रिसाल रहेका थिए । रिसालले राजीनामा दिएपछि एनआईसी एशिया बिगत नौ महिनादेखि प्रमुख बिहिन रहेको थियो । त्यतिवेला कामुु प्रमुख कार्यकारीको रुपमा रहेका न्यौपानेले बैंकको बागडोर सम्हालेर बैंकलाई नयाँ उचाई दिएका थिए । सोही आधारमा बैंक सञ्चालक समितिले न्यौपानेको उच्च व्यवस्थापकीय क्षमता र परिमाणमुुखी कार्यदक्षताको सम्मान गर्दे न्यौपानेलाई प्रमुख कार्यकारीको जिम्वेवारी दिएको हो । नवनियुुक्त प्रमुख कार्यकारी न्यौपाने वाणिज्य बैंकहरुको बहालवाला प्रमुख कार्यकारी अधिकृतहरु मध्येमा सबैभन्दा कान्छा हुुन् ।
सोही आधारमा पनि न्यौपाने वाणिज्य बैंकहरु मध्येकै सबैभन्दा ठुुलो बैंकमा उमेरमा कान्छो प्रमुख कार्यकारी बनेका छन् । उमेरमा कान्छो भएपनि उनको कार्यगत दक्षता जेठोहरुको भन्दा बढी भएको उनले प्रमाणित गरेर देखाईसकेका छन् । अहिले एनआईसी एशियाको देशभर दुुई सय ६८ वटा शाखा, दुुई सय ८० वटा एटिएम काउन्टर, १९ वटा शाखा रहित बैकिङ्ग सेवा, ३८ वटा एक्सटेन्स काउन्टर रहेको छ । सबै क्षेत्रमा गरी १३ लाख ५० हजार भन्दा बढी ग्राहक संख्या रहेको एनआईसीमा अहिले एक खर्ब ६९ अर्ब रुपैयाँ भन्दा बढी निक्षेप रहेको छ भने एक खर्ब ४४ अर्ब रुपैयाँको हाराहारीमा कर्जा रहेको छ ।
नवनियुुक्त प्रमुुख कार्यकारी न्यौपाने चार्टर्ड एकाउन्टेन्ट हुन् । उनले बैकिङ्ग क्षेत्रमा आउनुुअघि कुुवेर एण्ड कम्पनी, पिएल श्रेष्ठ एण्ड कम्पनी लगायतका चार्टड एकाउन्टेन्स फर्महरुमा काम गरिसकेकाछन । बैकिङ्ग क्षेत्रलाई नजिकबाट बुुझेका न्यौपानेको कुुशल व्यवस्थापन कै कारण अहिले एनआईसी एशियाको वासलाताको आकार दुुई खर्ब ११ अर्ब रुपैयाँ भन्दा बढी पुगेको छ । नवनियुक्त प्रमुुख कार्यकारी न्यौपानलाई आईतबार नै बैंक सञ्चालक समितीका अध्यक्ष तुुलसीराम अग्रवालले पद तथा गोपनीयतको सपथ ग्रहण गराएका छन् । न्यौपानेले प्रमुख कार्यकारीको जिम्वेवारी सम्हालेकोमा एनआईसी एशिया बैंकको सिंगो कर्मचारी संयन्त्रले खुुसी व्यक्ति गर्दे आगामी समय बैंकलाई अझ नयाँ उचाईमा लाने गरी काम गर्ने बताएका छन् ।