काठमाडौं मंसिर, १४–
नेपाल कम्युनिष्ट पार्टी (नकपा) का असन्तुष्ट नेताहरुले जिल्ला तहमा पुगेर अभियान विस्तार गर्ने भएका छन् । उनीहरुले पार्टी नेतृत्व पक्षपाती बनेको भन्दै लिखित पत्रसमेत बुझाएका कतिपय नेकपा नेताहरु पार्टी नेतृत्वसँग असन्तुष्ट रहेका छन् ।
बिहीबार काठमाडौंमा बैठक बसेर उनीहरुले यस्तो अभियान थालेका हुन् । नेताहरु जगन्नाथ खतिवडा, ठाकुर गैरे, रामकुमारी झाँक्री, डा. बिजय पौडेललगायतका नेताहरुले यस्तो निर्णय गरेका हुन् । उनीहरुले देशैभर अभियान चलाएर पार्टी नेतृत्वलाई दबाब दिने पनि जनाएका छन् ।
यस्तो अभियानको घोषणा गर्ने नेताहरुमा पूर्व एमाले तथा पूर्वमाओवादी दुवै खेमाका नेताहरु रहेका छन् । उनीहरुले देशभरका ७७ वटै जिल्लामा पुगेर समिति गठन गर्ने जनाएका छन् ।