मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

सगरमाथा इन्स्योरेन्सको बार्षिक साधारण सभा सम्पन्न

बुधबार, चैत्र २८ २०८०

सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) को २७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले अध्यक्ष मनोहर दास मुलको सभापतित्वमा वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
सभाले सञ्चालक समितिको २७ औं वार्षिक प्रतिवेदन २०७९÷०८० पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित साबिक सगरमाथा इन्स्योरेन्स कम्पनी तथा कम्पनी गाभिएपछि कायम हुन आएको सगरमाथा लुम्बिनी इन्स्योरेन्स इन्स्योरेन्स कम्पनीको २०८० साल आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७९ ÷०८० को नाफा हिसाव तथा नगद प्रवाह विवरण र अनुसूचिहरु पारित गरेको छ ।
सभाले लेखापरीक्षकको प्रतिवेदन सहित साबिकको लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको कम्पनी गाभिनुभन्दा अघि मिति २०७९÷११÷२८ गतेसम्मको वासलात, आर्थिक वर्ष २०७९÷०८० को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह वि अनुसूचिहरु पारित गर्ने, सञ्चालक समितिले सिफारिस गरे बमोजिम आर्थिक वर्ष २०७९÷०८० को मुनाफा मध्येबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको पाँच प्रतिशतले हुन आउने नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८०÷०८१ को लेखापरीक्षण गर्नको लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक तोक्ने, स्वतन्त्र सञ्चालकमा सुश्री निर्मला देवी मानन्धरलाई गरिएको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पारित गरेको छ ।

कम्पनीका अनुसार सभामा १७ जना शेयरधनीहरुले आप्mनो मनतव्य राखेका थिए । यसबाहेक सभाले कम्पनीको सञ्चालक समितीमा संस्थापक समुहबाट प्रतिनिधित्व गर्ने चार जना सञ्चालकहरु मध्ये कम्पनीको नियमावलीको व्यवस्था बमोजिम बैदेशिक लगानीकर्ता सेलिन्को इन्स्योरेन्स पिएलसी श्रीलंकाबाट अजिथ रोहण गुणवद्र्धना मनोनित भएका छन् । यि बाहेक बाँकी तीन जना सञ्चालकहरुमा मनोहरदास मुल, लोकमान्य गोल्छा र सिद्धार्थमणी राजभण्डारी र सर्वसाधारण सेयरधनी समुहबाट अरुण राज श्रेष्ठ र बिजन भट्टराईलाई निर्विरोध निर्वाचित गरेको छ ।