मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

महिन्द्रा ईलेक्ट्रिक तिन पाँग्रे अटो ट्रियो ¥याली भव्य रुपमा सम्पन्न बिर्तामोड देखि काँकरभित्तासम्मको “ट्रियो ¥याली”मा अटो चालकहरुको उत्साहजनक सहभागिता

मंगलबार, चैत्र २७ २०८०

महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी)का आधिकारिक विक्रेता अग्नि ग्रुपले इलेक्ट्रिक थ्री–ह्विलर अटो “ट्रियो” देशको विभिन्न ठाउँमा सार्वजनिक गरे लगतै छोटो समयमा नैे इलेक्ट्रिक अटोेलाई नेपाली बजारमा सफलता पूर्वक विव्रmी गर्दै आइरहेको छ।ईलेक्ट्रिक अटोको प्रयोगलाई थप प्रोत्साहान गर्नको लागि महिन्द्राको ईलेक्ट्रिक तिन पाँग्रे अटो– ट्रियोद्वारा चैत्र २३ गते विहान ८ दखि दिउँसो ३ः३० बजेसम्म बिर्तामोड देखि काक्डभिट्टासम्म, ट्रियो ¥यालीआयोजना गरिएको छ । उक्त ¥याली बिर्तामोडबाटसुरु भई बुट्टाबारी – चराली – धुलाबारी हुँदै काक्डभिट्टासम्म पुगेर पुनः बुधबारे –जयपुर – सनिश्चरे– सुरुङ्गा हुँदै बिर्तामोड आई औपचारिक कार्यव्रmमका साथ समापन भएको थियो ।

कार्यक्रमको औपचारिक उद्घघाटन प्रहरी नायव निरीक्षक पुर्ण गौतमले गरेका थिए भने प्रमुख अतिथिका रुपमा उद्योग बाणिज्य महासंघका महासचिव कुसल खतिवडा, महिन्द्रा लास्ट माइल, भारत का प्रतिनिधि चन्दन गुप्ता, ३० जना ट्रियो चालकहरु लगायत स्थानिय र अग्नि ग्रुपका प्रतिनिधिहरुको समेत उपस्थिति भएका थियो । अग्नि ग्रुपका बिर्तामोडस्थित आधिकारिक बिक्रेताएभरेष्ट अटो ट्रेड प्रा. लि.ले आफ्नो कामको क्रममा असाधारण प्रदर्शन गर्ने केही अटो चालकहरूलाई पनि पुरस्कृत गरिएको थियो भने आयश्रोतका लागि विद्युतीय अटो छनोट गरेको र वातावरण जोगाउन सहयोग गरेको कार्यलाइ धन्यवाद ज्ञापन गर्दै सम्पूर्ण उपस्थित चालकहरुलाइ प्रशंसा पत्र समेत वितरण गरेको थियो ।

उक्त कार्यक्रममा अग्नि ग्रुपले चालकहरुसँग प्रत्यक्षरुपमा महिन्द्रा ईलेक्ट्रिक तिन पाँग्रे अटो ट्रियो झापा क्षेत्रमा बिक्री र सेवाको विकास र विस्तार गर्ने बारेमा छलफल गरेको थियो । सोहि अवसरमा एभरेष्ट अटो ट्रेड प्रा. लि.ले नयाँ दुई ग्राहकलाई महिन्द्रा अटो ट्राइओ हस्तानतरण गरेको थियो ।

विद्युतीय ट्रियो अटो ¥यालीले समुदायलाई विद्युतीय सवारीसाधन बारे प्रत्यक्ष रूपमा हेर्न र अनुभव गने अवसर समेत प्रदान गरेको थियो। ¥याली समयावधिमा उक्त बाटोबाट यात्रा गर्ने इच्छुक यात्रुहरुलाई ट्रियोको निःशुल्क सवारीको सुविधा समेत उपलब्ध गराईएको थियो।