बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

सवारी दुर्घटनामा एक जनाको मृत्यु

शुक्रबार, चैत्र २३ २०८०

बिराटनगर महानगरपालिका–९ महेन्द्र चोकस्थित सडकमा एचआर ३८ वाई ५४९० भारतीय नम्बरको कन्टेनर गाडीले को.१५ प ७६२७ नम्बरको मोटरसाइकललाई बिहीबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही महानगरपालिका–१४ बस्ने ३५ वर्षीया अमिरका कुमारी कुर्मीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले कन्टेनर चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।