बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

मध्यस्थता सम्बन्धित पाँच दिने तालिम शुरु काठमाडौंमा शुरु भयो पाँच दिने मध्यस्थता सम्बन्धी तालिम

मंगलबार, चैत्र २० २०८०

नेपाल मध्यस्थता परिषद् र एडभोकेट सोसाइटी नेपालको संयुक्त आयोजनामा काठमाडौंमा ५ दिने मध्यस्थता सम्बन्धित तालिम शुरु भएको छ । सर्वोच्च अदालतका न्यायाधीश सुनिल कुमार पोख्रेलले एक समारोहकाबीच तालिमको शुभारम्भ गरे ।
कार्यक्रममा बोल्दै न्यायाधीश पोख्रेलले नेपालमा मध्यस्थता सम्बन्धी काम गर्ने जनशक्तिको आवश्यकता पूर्ति गर्न यस्ता तालिम कार्यक्रम निकै महत्वपूर्ण हुने बताए ।

परिषद्का अध्यक्ष डा. राजेन्द्र प्रसाद अधिकारीले पक्ष विपक्षलाई राखेर गरिने मध्यस्थताका क्रममा अपनाइने विभिन्न प्रक्रियाका बारेमा जानकारी राख्न यो तालिम निकै उपयोगी हुने बताए । उनले भने, तालिमले मध्यस्थता गर्ने जनशक्ति मात्रै नभएर गुणस्तरीय जनशक्ति उत्पादनमा जोड दिएको छ ।

उक्त अवसरमा सर्वोच्च अदालत बार एशोसियसनका अध्यक्ष हरिशंकर निरौला, उच्च अदालत बार एशोसियसनका अध्यक्ष शान्तिराम खतिवडा, विशेष अदालत बार एशोसियसनका संयोजक चुडामणि पौडेल, जिल्ला बार एशोसिएसन ललितपुरका अध्यक्ष राम श्रेष्ठ र एडभोकेट सोसाइटी नेपालका अध्यक्ष अर्जुन प्रसाद ढकालले तालिमको महत्व र आवश्यकताका बारेमा आ आफ्नो मन्तव्य राखेका थिए ।
पाँच दिनसम्म चल्ने उक्त तालिममा मुलुकका विभिन्न जिल्लाबाट ४२ जनाको सहभागिता रहेको छ । विभिन्न विधाका विज्ञ प्रशिक्षकहरुले मध्यस्थता सम्बन्धि विभिन्न पक्षका बारेमा प्रशिक्षण दिने छन् ।

one law <onelaw2080@gmail.com>

 

सञ्चारकर्मी साथीहरु नमस्कार

पाल मध्यस्थता परिषद् र एडभोकेट सोसाइटी नेपालको संयुक्त आयोजनामा काठमाडौंमा ५ दिने मध्यस्थता सम्बन्धित तालिम शुरु भएको छ । यस सम्बन्धि समाचार तपाईको लोकप्रिय अनलाईन मिडियामा प्रकाशन गरि लिंक उपलब्ध गराइदिनुहुन सञ्चारकर्मी मित्रहरुलाई हार्दिक अनुरोध गर्दछु ।

अनिल आचार्य
अधिवक्ता
शिखर ल