मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

सशस्त्र प्रहरी बल नेपाल नं.२४ कालिका गणद्वारा रक्तदान

मंगलबार, चैत्र २० २०८०

सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्की पोखरामा कार्यरत ६६ जना कर्मचारीहरुले रक्तदान गरेका छन् ।

गणको १९ औं स्थापना दिवसको अवसर पारेर चैत्र १९ गते गण परिसरमा आयोजित रक्तदान कार्यक्रमबाट संकलित ६६ युनिट रगत नेपाल रेडक्रस सोसाईटी कास्की शाखाद्वारा संचालित प्रादेशिक रक्तसंचार सेवा पोखरालाई हस्तान्तरण गरिएको छ ।

चैत्र २१ गते स्थापना भएको सशस्त्र प्रहरी बल नेपाल को कालिका गण कास्कीले स्थापना दिवसको उपलक्ष्यमा एकल तथा अन्य संघसंस्थाहरुसँग सहकार्यमा खेलकुद, विपद् सम्बन्धी सचेतना तथा डेमोस्ट्रेसन, मठमन्दिर सरसफाई, वृक्षारोपण लगायत सप्ताहब्यापी विभिन्न कार्यक्रम संचालन गरेको थियो । कालिका गणलाई गण्डकी प्रदेशमा विपद् उद्घारकहरुको युनिटका रुपमा समेत चिनिने गरिन्छ ।