बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

समाजलाई संस्कारयुत्त बनाउन धार्मिक अगुवाहरुको भूमिका महत्वपूर्ण

मंगलबार, चैत्र २० २०८०

मुलुकमा शान्ति स्थापनार्थ अन्तरधार्मिक सहकार्यको आवश्यकता, सांसद एकनाथ ढकाल
सामाजिक सदभाव कार्यम गर्न अन्तरधार्मिक अगुवाहरुको भूमिका महत्वपूर्ण, सासद एकनाथ ढकाल
आ–आफ्नो धर्म र संस्कृति मान्न पाउने मानिसको मौलिक अधिकार,सासद एकनाथ ढकाल

नेपालमा धार्मिक र सांस्कृतिक द्वन्द्व बढ्दै गएको प्रति सरोकारबालाहरुले चिन्ता ब्यत्त गरेका छन् । युनिर्भसल पीस फडेरेसन नेपालले राजधानीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रका बत्ताहरुले देशमा सामाजिक सदभाव अभिबृद्धि गर्न अन्तरधार्मिक अगुवाहरुको भूमिका महत्वपुर्ण हुने कुरामा जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै संधिय सासद तथा पूर्वमन्त्री एकनाथ ढकालले मुलुकमा शान्ति स्थापनार्थ अन्तरधार्मिक सहकार्यको आवश्यकता रहेको बताए । सासद ढकालले सामाजिक सदभाव कार्यम गर्न अन्तरधार्मिक अगुवाहरुको भूमिका महत्वपूर्ण रहेको भन्दै एकले अर्काको आत्मसमानको ख्याल गर्ने सकेमात्र मुलकुमा स्थायी शान्ति सम्भव भएको बताए ।

सांसद ढकालले धार्मिक क्षेत्रले समाजमा नैतिक कम्पासको रुपमा काम गर्नु पर्छ भन्दै युबाहरुलाई धार्मिक क्षेत्र प्रति घट्दै गएको विश्वाशको अभिबृद्धि गर्न धार्मिक अगुवाहरुले आफ्नो दैनिक दिनचर्यामाआ–आफ्नो धर्मका शिक्षाहरुको सहि अभ्यास गर्नु पर्ने बताए । ढकालले एक धर्मालम्बिले अर्को धर्मालम्बीलाइ सहर्ष स्वीकार गर्ने, एक–आपसमा सम्मान गर्ने र कुनै एक धर्म माथि आक्रमण हुदा सबै धर्म एक भएर सामना गर्ने सहयोगी सस्कारले मात्रै धार्मिक क्षेत्रले आफ्नो ऐतिहाँसिक दायित्व बोध गर्न सक्ने बताए ।

सांसद ढकालले नेपालमा बसोबास गर्ने जुनसुकै धर्मालम्बी भएपनि नेपालको मौलिक पहिचान भने अङ्गीकार गरि धर्मगुरुहरु अन्तर्राष्ट्रिय स्तरमा देशको सदभावना दुतको रुपमा प्रस्तुत हुनुपर्नेमा जोड दिएका थिए । संधिय सासद तारा लामा तामाङ्गले आ–आफ्नो धर्म र संस्कृति मान्न पाउने मानिसको मौलिक अधिकार भएकाले कसैले पनि कसैको मौलिक अधिकार हनन गर्न नहुने स्पष्ट पारे । उनले मुलुकको बास्तबिक समस्याको पहिचान हुन नसकेको तर्फ सकेत गदै नेपालमा समलिङ्गी बिबाह सम्बन्धी बिधेयक सरकाले संसदमा नल्याउने बताए ।

मानब अधिकार आयोगका पूर्वसदस्य डा.केबी रोकायाले बढ्दै गएको सामजिक बिकृति र विसंगति रोक्न धार्मिक क्षेत्रको नेतृत्वदायी भूमिका रहने बताउँदै नेपालमा समलिङ्गी बिबाहलाई अदालतले मान्यता दिएर गल्ती गरेको बताए । कार्यक्रममा धार्मिक गुरु दामोदर गौतमले पहिले परिवार शुद्ध भएमात्र समाज शुद्ध हुने भन्दै समाजलाई संस्कारयुत्त बनाउन धार्मिक अगुवाहरुको भूमिका रहेको बताए ।

कार्यक्रममा हिन्दु अगुवाहरु पण्डित केशव प्रसाद चौलागाई, रामचन्द्र भण्डारी र प्राध्यापक स्वामी आन्नन्द बिनोद, बुद्धिस्ट अगुवाहरु धर्ममुर्ती भिक्षु र डा. पियारत्न महर्जन , बहाईधर्म गुरु नरेन्द्र पाण्डे ,बिश्व शान्ति तथा एकिकृत परिवार संघका अध्यक्ष प्रकासबाबु थापा , एफ एफ डब्लु पीयु एशियाका अध्यक्ष मासाईची होरी युपीएफ नेपालका उपाध्यक्ष सन्तोष कुमार पौडल, संचारकर्मी तथा कानुन ब्यबशायी अधिवत्ता बिष्णु गिरी, मुस्लीम गुरु शेख नायद बानु लगायत ४ दर्जन भन्दा बढी अगुवाहरु सहभागिता रहेको थियो । सांसद ढकाल बिगत दुइ दशक देखि राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा शान्तिको लागि अन्तरधार्मिक आन्दोलनको पहलकदमी लिदै आएका छन् । सांसद ढकाल प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा सदस्य समेत हुन् ।