मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

सोमबार, चैत्र १९ २०८०

रूपन्देहीको तिलोत्तमा नगरपालिका–६ सालघारी बस्ने ५५ वर्षीय सन्तु पुनको बाख्रा फर्ममा विद्युत सर्ट भई आइतबार दिउँसो आगलागी हुँदा करिब १२ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङ डाँडागाउ बस्ने ७० वर्षीय कुमार पौडेलको कच्ची घरमा विद्युत सर्ट भई आइतबार दिउँसो आगलागी हुँदा अन्नपात, लत्ताकपडा, भाडावर्तन, २ तोला सुन र महत्वपूर्ण कागजात पूर्णरुपमा जलेर करिब १५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

रूकुम पश्चिमको आठविसकोट नगरपालिका–१० घरीखोला बस्ने प्रेमराज वलीको घरमा आइतबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने बिष्णु कुमार वलीको घरमा समेत आगलागी हुँदा दुबै जनाको घर भित्र रहेको अन्नपात, लत्ताकपडा, भाडाबर्तन र पूर्णरूपमा जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनामल नष्ट भएको छ ।

बाँकेको खजुरा गाउँपालिका–७ स्थित शुशिल कोईराला प्रखर क्यान्सर अस्पतालको एक्सरे, सिटी स्क्यान रहेको कोठामा विद्युत सर्ट भई आइतबार साँझ आगलागी भएको छ । क्षतिको विवरण हाल खुलेको छैन ।

रौतहटको माधवनारायण नगरपालिका–१ दिपहिटोल बस्ने सियाराम महतोको घरमा आइतबार दिउँसो लागेको आगो सल्किएर सोही ठाउँ बस्ने अन्य ५ जना मानिसहरुको घरमा समेत आगलागी हुँदा करिब १० लाख ७० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ खेसाङखोपाङ बस्ने याम बहादुर राईको घरमा आइतबार राति आगलागी हुँदा २ तले घर र गोठ पूर्णरुपमा जलेर करिब ३५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।