मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

बीवाईडी एशिया प्यासिफिक २०२४ डिलर कन्फ्रेन्समा साइमेक्स इंक सम्मानित

सोमबार, चैत्र १९ २०८०

साइमेक्स इंक, नेपालमा बीवाईडी अटो इन्डष्ट्री कम्पनी लिमिटेडको आधिकारिक वितरक, चीनको सियानमा आयोजित प्रतिष्ठित बीवाईडी एसिया प्यासिफिक २०२४ डिलर कन्फ्रेन्समा सम्मानित भएको गर्वपूर्वक घोषणा गर्न पाउदा उत्साहित भएका छौ ।

साइमेक्सले एसिया प्यासिफिक मेजर कन्ट्रिब्युसन डिष्ट्रिब्युटर अवार्ड र सेल्स कन्ट्रिब्युसन अवार्ड गरी दुई महत्वपूर्ण पुृरस्कार हात पार्न सफल भएको छ । अपेक्षित थप उपलब्धि हासिल गर्दै र उल्लेखनिय बिक्री कार्यमा अगाडि बढ्दै साइमेक्स इंक एसिया प्यासिफिक क्षेत्रकै प्रमुख वितरक बन्न सफल भएको छ । अन्तर्राष्ट्रिय मञ्चहरुमा प्राप्त उल्लेखनिय उपलब्धि वाहेक साइमेक्स इंकले चीनको सियानमा नेपाल एनुअल डिलर्स मिट २०२४ समेत आयोजना गरेको छ । नेपालमा बीवाईडी डिलरहरुको बीचमा आपसी सहयोग बढाउन, ज्ञान आदानप्रदान गर्न र सहकार्यलाई बलियो बनाउनका लागि सो इभेन्टले एउटा प्लेटफर्मको कार्य गरेको छ ।

सो अवसरमा साइमेक्सको सन् २०२४ को योजनामार्फत यसको नेटवर्क विस्तारलाई प्रस्तुत गरिएको छ । हाल विभिन्न १५ स्थानमा बीवाईडी शोरुम सफलतापूर्वक स्थापना गरिएका छन् भने थप ३ शोरुम स्थापित हुने क्रममा रहेका छन् । यसले बीवाईडी धेरै स्थानमा विस्तार हुन र नेपालभर रहेका ग्राहकको पहुँचमा रहन चाहेको प्रमाणित गर्दछ ।

साइमेक्स इंकले हाल विभिन्न स्थानमा २३ डीसी फास्ट चार्जर स्थापना गरेको छ भने थप विस्तारको क्रममा रहेका छन् । यसले कम्पनीको दिगो मोबिलिटीप्रतिको प्रतिबद्धतालाई प्रमाणित गर्दछ । त्यसैगरी यसले सवारी साधनप्रति ग्राहकको अनुभवमा सुधार गर्न र नेपालमा बीवाईडी ईभीको प्रयोग अझै बढाउन साइमेक्सको समर्पणलाई देखाउछ ।

‘हामी बीवाईडीबाट सम्मानित भएका छौ र यी प्रतिष्ठित पुरस्कार ग्रहण गरेका छौ ।’, साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले भने, ‘यो पहिचान हाम्रो टिमको कडा परिश्रम र समर्पणका साथै मूल्यवान ग्राहक र साझेदारहरुको अटुट समर्थनको प्रमाण हो । हामी नवप्रवर्तनतिर अगाडि बढ्ने, दिगोपन प्रवद्र्धन गर्ने र हाम्रा सबै सरोकारवालाहरुमा अनुपम मूल्य प्रदान गर्ने हाम्रो प्रतिबद्धतामा सदैव अडिग छौ ।’

Dear Sir/Ma’am,

 

Please find the attached press release regarding Cimex Inc. Pvt. Ltd. Honored at the BYD Asia Pacific 2024 Dealer Conference.

 

Thank You.

 

———————

With Regards,

 

Sarthak Shrestha,

Marketing Executive,

Cimex Inc. Pvt. Ltd.,

(Authorized Distributor of BYD Auto Industry Co. Ltd.)

Address: BYD Park, Naxal, Kathmandu

Contact: 01-4441393

www.cimex.com.np

 

Sarthak Shrestha <Sarthak@cimex.com.np>
to: Marketing <marketing@cimex.com.np>
cc: “anija@avani.com.np” <anija@avani.com.np>,
“akash@avani.com.np” <akash@avani.com.np