मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

लक्ष्मी इन्टरकन्टिनेन्टलले ल्यायो “हुन्डाई नयाँ बर्ष, नयाँ हर्ष २०८१” योजना

सोमबार, चैत्र १९ २०८०

हुन्डाई अटोमोवाइल्सको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्षलाई मध्यनजर गर्दै “हुन्डाई नयाँ बर्ष, नयाँ हर्ष २०८१” योजना ग्राहकहरु माझ ल्याएको छ । यो ग्राहकमुखि योजना यही चैत्र १९, २०८० देखि नेपाल भरिसुरु भएको छ । आफ्नो ग्राहकहरुको यात्रा खास बनाउन यसपालि हुन्डाईले तीन गुणां नगद छुटको आकर्षक अफर ल्याएको छ ।

“हुन्डाई नयाँ बर्ष, नयाँ हर्ष २०८१” अन्तर्गत ग्राहकहरुले कुनै पनि हुन्डाई गाडीको खरीदमा रु.६,००,००० सम्मको आकर्षक नगद छुट, र रु.१०,००,००० सम्मको एक्सचेन्ज बोनस प्राप्त गर्न सक्ने छन् । यो योजनामा ग्राहकहरुले गाडी खरिद गर्दा १ वर्षसम्मको निशुल्क बीमा तथा सवारी करका साथै तुरुन्तै मूल्याङ्कन तथा एक्सचेन्ज सुविधा पाउनेछन् । आफ्ना ग्राहकहरुका सन्तुष्टिको निमित्त हुन्डाईले सदैव समय सापेक्षिक ग्राहक लक्षित योजनाहरु सार्वजनिक गर्दै आइरहेको छ र यही क्रममा “हुन्डाई नयाँ बर्ष, नयाँ हर्ष २०८१” योजना अन्तर्गत ग्राहक महानुभावहरुलेस्क्य्राचको तीन गुणा सम्म नगद छुट प्राप्त गर्न सक्नुहुनेछ ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकहरुको आवश्यकता र रुचिलाई ध्यानमा राखी हरेक वर्ष यस्ता ग्राहकमुखी अफर ल्याइरहेको छ । सबै हुन्डाई गाडीहरुमा ३ वर्ष वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिङ्ग र इभी गाडीको ब्याट्री मा ८ वर्ष र मोटरमा २ वर्ष वारेन्टी उपलब्ध हुनेछन् । यस स्किमबाट हुन्डाईको कुनै पनि ह्याच ब्याक, कम्प्याक्ट एसयुभी, एसयुभी तथा ईभी इभी गाडी खरिद गरि फाईदा लिन सकिनेछ ।
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा लि ले नेपाल भरी १७ शोरुमहरु तथा १९ सर्भिस सेन्टरहरु र ४५ं चारजिङ पोइन्टहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुन्डाइका उत्कृष्ट उत्पादनहरुले नेपालभरी धेरै ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ ।