बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सरकारमै सहभागी फोरम सरकारसँगै असन्तुष्ट

बुधबार, मंसिर ५ २०७५

५ मंसिर, काठमाडौं–सरकारमै सहभागी संघीय समाजवादी फोरम पनि असन्तुष्ट छ । आइतबारदेखि मंगलबारसम्म बसेको फोरमको राजनीतिक समिति बैठकमा सहभागी नेताले पनि सरकारले संघीयतालाई सुदृढ बनाउने गरी काम नगर्न नसकेको भन्दै असन्तुष्टि जनाएका छन् ।

फोरम अध्यक्ष उपेन्द्र यादव उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री छन् । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

सरकारलाई संविधान संशोधनका विषयमा समेत फोरमले सम्झाउने बेला भएको फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले बताए। ‘हामीले ३ असोजसम्म कुर्ने भनेका थियौं, त्यसपछि चाडपर्व परे। अहिले चाडपर्व पनि सकिए।

अब सरकारले बहाना बनाउन मिल्दैन’, उनले भने । फोरमका वरिष्ठ नेता अशोक राईले प्रधानमन्त्रीलाई भेटेर संविधान संशोधनका विषयमा कुरा गर्ने बताए। फोरम बैठकमा प्रदेश २ को सरकारको समेत समीक्षा गरिएको थियो ।