सोरु गाउँपालिका–८ कचियास्थित क.प्र.०२–००१ ज.००५९ नम्बरको जिप सडकबाट करिब १ सय मिटर तल खसेर बुधबार दिउँसो दुर्घटना हुँदा चालक सोही गाउँपालिका–७ बस्ने २२ वर्षीय कबिराज नेपाली र जिपमा सवार सोही गाउँपालिका–२ जरेपानी बस्ने २६ वर्षीया कुशुम नेपालीको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका जिपमा सवार ४ जनामध्ये ३ जनाको जिल्ला अस्पताल गमगढी र १ जनाको थप उपचारको लागि कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ