धनुषाको सबैला नगरपालिका–८ ठिल्लास्थित सडकमा ज.९ प १४४९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका–९ भठियन बस्ने ६० वर्षीया सोनाघारी कापरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।
महोत्तरीको सम्सी गाउँपालिका–६ चाँदनीस्थित सडकमा साइकल आफै अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा साइकल चालक भारत सितामढी भेडियाही ग्राम पञ्चायत–७ भगवतिपुर बस्ने २० वर्षीय मो.साहिदको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।