बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रमुख निर्वाचन आयुक्त यादवको मागः चुनावको मिति आयोगले तोक्न पाउनुपर्छ

शुक्रबार, कार्तिक ३० २०७५

काठमाडौं कात्तिक, ३०–
प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले  कानूनमै निर्वाचनको मिति तोक्दा उपयुक्त हुने बताए । शुक्रबार काठमाडौंमा आयोजित  कार्यक्रममा बोल्दै उनले निर्वाचन आयोगलाई मिति तोक्ने अधिकार नदिने हो भने कानूनमै मिति तोक्नु उपयुक्त हुने प्रष्ट पारे  । आयोगले यसअघि नै मिति तोक्ने अधिकारी पाउनुपर्ने बताउँदै आएको थियो ।

यस्तै, प्रमुख आयुक्त यादवले कानून सुधार गर्न सरकारसँग आग्रह गरेका छन् । संवैधानिक व्यवस्था अनुसार निर्वाचन कानून सुधार गर्न उनले सरकारसँग आग्रह गरेका हुन् ।

निर्वाचन आयोगले निर्वाचनको तयारीका लागि पर्याप्त समय हुने गरी कानुनी व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।