खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ पातिहातेलस्थित नमुना सामुदायिक वनमा सोमबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने भुपाल घिमिरेको गोठमा समेत आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब १ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
बझाङको केदास्यु गाउँपालिका–५ अख्तरबगरस्थित बागथला बिजगाडा सडकमा पिच गर्ने क्रममा अलकत्रा हाल्ने मेसिनमा सोमबार साँझ आगलागी हुँदा मेसिन जलेर क्षति भएको छ । साथै आगलागीमा जलेर गम्भीर घाइते भएका मेसिन अपरेटर बित्थडचिर गाउँपालिका–२ बस्ने २८ वर्षीय डम्बर बोहराको प्राथमिक स्वास्थ्य केन्द्र देउरा हुँदै थप उपचारको लागि माया मेट्रो अस्पताल धनगढी रिफर गरिएको छ ।
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–२ नाल्वो सामुदायिक भवनमा सोमबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने रुद्र फुयाल र यमनाथ घिमिरेको घरमा समेत आगलागी हुँदा करिब १४ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
उदयपुरको उदयपुरगढी गाउँपालिका–४ साटेजबोस्थित ठूलो वनमा सोमबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने गंगा बहादुर थापा क्षेत्री समेत ३ जनाको घर र गुवाली जलेर करिब १३ लाख १० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । यसैगरी उदयपुर, त्रियुगा नगरपालिका–७ काली खोला पाखा टोलमा सोमबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने डिक बहादुर मगर समेत ६ जनाको ६ वटा गुवालीहरूमा समेत आगलागी हुँदा करिब १ लाख ७० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
उदयपुरको कटारी नगरपालिका–८ पट्नाभञ्झ्याङस्थित पट्नहरी सामुदायिक वनमा सोमबार दिउँसो लागेको आगो फैलिएर नजिकै रहेको दिल कुमारी राउत मगरको घर र सँगै रहेको कुखुराको खोरमा समेत आगलागी हुँदा करिब २ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
कालिकोटको खाडाँचक्र नगरपालिका–१० बुद्वेकाडा बस्ने ४४ वर्षीय धन बहादुर शाहीको घरमा सोमबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ८ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
पाँचथरको फालेलुङ गाउँपालिका–१ चुप्पादिनस्थित चुप्पादिन सामुदायिक वनमा सोमबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने प्रकाश मगरको घर, सशिधर अधिकारीको भान्सा घर र उदय कुमार मगरको सुंगुरको खोरमा समेत आगलागी हुँदा करिब ९ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
सिरहाको नरहा गाउँपालिका–३ मुसहरी टोलस्थित कुखुरा फर्ममा सोमबार बेलुकी आगलागी हुँदा फर्म पूर्णरूपमा जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ संगम चोक बस्ने समशेर बहादुर खत्रीको घरमा सोमबार राति आगलागी हुँदा घर पूर्णरूपमा जलेरर करिब १५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।