काठमाडौंको चन्द्रागिरी नगरपालिका–४ गोदामस्थित पोखरीमा सोही ठाउँ ५० वर्षीय मंगल बहादुर तामाङ सोमबार मृत अवस्थामा फेला परेका छन् ।
पर्वतको पैयु गाउँपालिका–५ भोटेगौंडास्थित सिंचाईको कुलोमा सोही गाउँपालिका–५ माछाकाँडे बस्ने ७६ वर्षीय नन्दलाल तिवारी सोमबार मृत अवस्थामा फेला परेका छन् ।
तनहुँको ऋषिङ गाउँपालिका–१ ठाँटीस्थित लुन्द्री थापाको घरमा सोही गाउँपालिका–२ बस्ने निजकै दाई ५२ वर्षीय गुञ्ज बहादुर थापा सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।