बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

राजस्वमारा गुप्ता छुटाउन केएल दुगडका सीईओ अधिकारी तल्लिन

बिहिबार, कार्तिक २९ २०७५

काठमाडौं कात्तिक, २९–
केही समय अघि काठमाडौं जिल्ला अदालतको आदेश बमोजिम जेल चलान गरिएका व्यापारी विनोद गुप्तालाई जेलबाट छुटाउन केएल दुगड ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रमोद अधिकारी हात धोएर लागेका छन् ।   २ अर्ब ७२ करोड रुपैयाँ आयकर छलीको आरोपमा पक्राउ परेका गुप्तालाई छुटाउन सीईओ अधिकारी विभिन्न शक्ति केन्द्रमा पैसाको खोलो बगाउदै हारगुहार गरिरहेको स्रोतको दाबी छ । सीईओ प्रमोद अधिकारी आफैमा पनि निकै गन्हाएका र विवादास्पद व्यक्ति समेत हुन् । ७२ सालको भूकम्पको बेला केएल दुगडको उत्पादन धारा तेललाई बढी मूल्यमा बेचेको अभियोगमा जेलसजाय कटाएका अधिकारी फेरि आयकर छलीको आरोपमा जेल सजाय भोगिरहेका अर्का अभियुक्तलाई पैसाको बलमा जेलबाट छुटाउन खोज्नु अर्को मजाकको कुरो भैरहेको छ । नेपाल बैंकको जागिर छोडेर केएल दुगडमा छिरेका अधिकारी दुगडको उत्पादन धाराको कर्तुत पछि मालिकहरुलाई इन्डिया भगाएर केएल ग्रुपबाट राम्रै नजराना बुझ्ने मध्येका एक मतियार समेत हुन् । त्यस्तै, उनका दोस्रा मतियार हुन् माधव तिमल्सिना । उनले आफूलाई केएल ग्रुपको गुणस्तिरहिन उत्पादन भैरहेको यूनाइटेट सिमेन्टको जीएमको परिचय दिने गरेका छन् । व्यापारी गुप्तालाई छुटाउन लागेका प्रमोदलाई सघाउने अर्का रोचक पात्र पनि रहेका छन् । विनोद गुप्ताका सहोदर भाइ समेत रहेका बिटु गुप्ता (दिनेश) यतिवेला दाइले कमाएको पैसामा रजाइँ गर्नमै व्यस्त छन् । यतिबेला उनको हर्कत देख्दा लाग्छ उनी बाघको छालामा स्यालको रजाइँ गर्दैछन् । दिनेश बाहिर बाहिर दाई विनोदलाई जेलबाट निकाल्न प्रमोदसँग मिलेर पैसाको खोलो बगाएको देखिन्छन् भने उनको भित्रि मनसाय दाइलाई जेलबाट निकाल्नु भन्दा पनि जेलमै सडाउनु रहेको स्रोतले जनाएको छ । दिनेशको एउटा मात्रै उद्देश्य भनेको दाइलाई जेलमै राखेर उनको सम्पत्ति जति भारत पुर्याउने योजनामा रहेको स्रोतको दाबी छ । नेपालको कानून बमोजिम ठूलो मात्रामा कर छलेको खुलेपछि पक्राउ परेका व्यापारी गुप्तालाई कानूनको धज्जी उडाउदै जेलबाट छुटाउन कम्मर  कसेर बिचौलियाको भूमिका निर्वाह गर्ने केएल दुगडका सीईओ प्रमोद अधिकारीको हर्कत कम्ती रोचक छैन । आफै जेल बसेर निस्किएका अधिकारी शक्ति केन्द्रहरुलाई प्रभावित पार्दै अभियुक्त गुप्तालाई पैसा र शक्तिको प्रभावमा जेलमुक्त गर्न लाग्नु राष्ट्रकै लागि घातक बिषय हो । बिचौलिया अधिकारीका यस्ता हर्कतकाबारे राज्य तथा सरोकारवाला पक्ष बेलैमा सचेत रहनु जरुरी छ । बिषय यति गम्भिर रुपमा उठ्दा समेत राज्य मौन रहनु आफैमा अचम्मको कुरा छ । यतिबेला प्रमोदका मुख्य सहयोगीहरुमा दिनेश गुप्ता  पुर्षोत्तम अग्रवाल लगायतका रहेका छन् । 
राजस्व अनुसन्धान विभागले गत भदौ १ गते मुद्दा दर्ता गरेको थियो । गुप्ता सहित २२ जना व्यक्तिविरुद्ध बिभागले दायर गरेको मुद्दामा भ्याट बिल नक्कली बनाएर बिगत १० वर्षदेखि कर छल्दै आएको उल्लेख छ ।

हिमालय कार्गो नामक कम्पनी स्थापना गरी गुप्ताले विभिन्न व्यक्तिको नाममा फर्म दर्ता गरेर ठूलो मात्रामा कर छल्दै आएको बिभागले जनाएको छ । कर्मचारीसँग मिलेमतो गरी कर छलेको अभियोगमा नेपालगञ्जका भन्सार प्रमुख जनार्दन आचार्यसहित ७ कर्मचारीलाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको थियो । 
विभागले प्रमुख भन्सार अधिकृत आचार्य, भन्सार अधिकृत बटुकृष्ण अधिकारी, भन्सार एजेन्ट दिनेश कुमार बाँनिया, कम्यूटर अधिकृत चन्द्रबहादुर क्षत्री, र भन्सार सहायकद्वय जितबहादुर श्रेष्ठ र रामबहादुर थापालाई फरार अभियुक्त बनाएर मुद्दा दायर गरेपनि उनीहरु अदालतमा उपस्थित नभएको काठमाडौं जिल्ला अदालतले जनाएको थियो । कर्मचारीविरुद्ध ४६ लाख ४० हजार रुपैयाँ बिगो दाबी गरिएको छ । पक्राउ परेका अन्य व्यक्ति १÷१ लाख रुपैयाँ धरौटीमा छुटेका छन् । गुप्ता विरुद्ध विभागले २ अर्ब ७२ करोड रुपैयाँ बिगो दाबि गर्दै मुद्दा दायर गरेको हो । जनताको रगत पसिनामा रजाइँ गर्नेविरुद्ध हाम्रो खबरदारी निरन्तर रहनेछ ।