बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रवेश शुल्क बढाउने तयारीमा नारायणहिटी संग्रहालय

सोमबार, कार्तिक १९ २०७५

१९ कात्तिक, काठमाडौं–संग्रहालय स्थापना भएको एक दशक पछि नारायणहिटी संग्रहालयले प्रवेश शुल्क बढाउने तयारी गरेको छ ।

पुरातत्व विभाग मातहतमा रहेको संग्रहालयले शुल्क बढाउने प्रस्ताव संस्कृति पर्यटन तथा मन्त्रालयमा पेश गरेको छ । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

करिब तीन साताअघि बसेको बैठकले शुल्क बढाउने प्रस्ताव गरेको हो । सो प्रस्ताव पुरातत्व विभाग हुँदै संस्कृति,पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमा पेश भएको छ ।

प्रस्तावित नया शुल्कमा नेपाली विद्यार्थीलाई ४०, सार्क राष्ट्रका पर्यटकका लागि ३ सय, तेस्रो मुलकका पर्यटकका लागि ७ सय ५० र नेपाली पर्यटकका लागि १ सय ५० रुपिया प्रस्ताव गरिएको छ ।

विभागको मातहतमा गए लगत्तै संग्रहालयले नया शुल्कको प्रस्ताव गरेको हो । हाल विद्यार्थीका लागि २०, सार्कका पर्यटकका लागि २ सय ५०, तेस्रो मुलुकका पर्यटकका लागि ५ सय र नेपालीका लागि १ सय रुपिया उठाउदै आएको थियो ।

संग्रहालयले श्रीपेच खुला गरेपछि शुल्क बढाउने तयारी गरेको थियो । ‘अब श्रीसदन पनि खुला गर्ने तयारी गरेका छौ, एक दशकसम्म रकम नबढेको रकम बढाउने प्रस्ताव तयार गरेका हौ’, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले भने ।