बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

राष्ट्र बैंकले बैंक तथा फाईनान्समा एक अर्ब ४३ करोड रुपैयाँ निक्षेप राख्ने

आइतबार, कार्तिक १८ २०७५

काठमाडौं कात्तिक, १८–
नेपाल राष्ट्र बैंकले बैंक तथा फाईनान्स कम्पनीहरुलाई एक अर्ब ४३ करोड १२ लाख रुपैयाँ संस्थागत निक्षेप राख्ने भएको छ । राष्ट्र बैंकका अनुसार यही २०७५ मंंसिर दुई गतेदेखि २०७६ कात्तिक ३० गतेसम्मको लागि उक्त निक्षेप राख्न लागिएको हो ।  
यसको लागि बैंक तथा फाईनान्स कम्पनीहरुले यही कात्तिक २० गते मंगलबार अपरान्ह तीन बजेसम्म संस्थाले राख्न चाहेको निक्षेप रकम र दिन चाहेको व्याज समेत प्रष्टँंग तोकेर आवेदन दिनुपर्ने छ । यसरी लगानी गरिने कुल रकम मध्ये वाणिज्य बैंकहरुको लागि एक अर्ब १४ करोड ५० लाख, बिकास बैंकहरुको लागि २१ करोड ४६ लाख र फाईनान्स कम्पनीहरुको लागि सात करोड १६ लाख रुपैयाँ छुट्याइएको राष्ट्र  बैंकले जानकारी दिएको छ । 
रकम लगानीको लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजी कोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा बीस प्रतिशत वा सो भन्दा बढी रहेको, कर्जा/स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमा भित्र रहेको, निकटतम अघिल्लो आ.व.मा सञ्चालन मुनाफा (ब्यवस्था पछिको) मा रहेको लगायतका सर्तहरु तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।