काठमाडौं कात्तिक, १६–
भौतिक पूर्वाधार मन्त्री केशव स्थापित बर्खास्तीमा परेका छन् । उनलाई प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पदबाट हटाएका हुन् ।
यसअघि बुधबारको मन्त्रिपरिषद बैठकमा मुख्यमन्त्री पौडेलसँग स्थापितको विवाद भएको थियो । उनको मन्त्रालयको कार्यसम्पादन प्रभावकारी नदेखिएको विषयमा छलफल हुँदा स्थापित र पौडेलबीच मन्त्रिपरिषद बैठकमा चर्चाचर्की नै भएको थियो ।
लगत्तै मुख्यमन्त्री पौडेल स्थापितलाई हटाउन भन्दै नेकपाका शीर्ष नेताहरुसँग छलफल गर्न काठमाडौं आएका थिए ।
स्थापितलाई हटाएपछि उनको मन्त्रालय मुख्यमन्त्री पौडेल आफैले सम्हाल्ने उनको सचिवालयले जनाएको छ ।