काठमाडौं कात्तिक, १३–
नेप्से आज मंगलबार बढेको छ । आज नेप्से सात दशमलव ४३ अंकले बढेर १२ सय २४ दशमलव ३६ अंकमा पुुग्दा सेन्सिटिभ पनि एक दशमलव ५८ अंकले बढेर दुई सय ६० दशमलव ४३ अंकमा पुुगेको छ । आज एक सय ६३ कम्पनीहरुको चार हजार एक सय २९ वटा कारोबारमा नौ लाख २४ हजार छ सय ६५ कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोबार रकम २२ करोेड १८ लाख चार हजार चार सय छ रुपैयाँ पुुगेको छ ।
आज १० वटा समुहको कारोवार हुंदा तीन वटा समुहले गुमाउँदा सात वटा समुहले कमाएकाछन् । वाणिज्य बैक समुहको सुचक नौ दशमलव १२ अंकले बढेर एक हजार ८५ दशमलव ६२ अंकमा पुुगेको छ भने सेयर कारोबार ११ करोड ७५ लाख १६ हजार रुपैयाँ पुुगेको छ । बिकास बैंक समुहको सुचक पनि १० दसमलव २१ अंकले बढेर १४ सय ७९ दशमलव १४ अंकमा पुुगेको छ भने सेयर कारोबार रकम एक करोड १८ लाख ३७ हजार दुुई सय रुपैयाँ पुुगेको छ । यसैगरी निर्जिवन बीमा समुहको सुचक २२ दशमलव ९९ अंकले बढेर पाँच हजार पाँच सय ७३ दसमलव ७८ अंकमा पुुगेको छ भने सेयर कारोबार रकम एक करोड ३५ लाख ५६ हजार नौ सय रुपैयाँ पुुगेको छ । आज जीवन बीमा, फाइनान्स, उत्पादनमुुलक र अन्य समुहको सुचक पनि बढेकाछन भने जलबिद्युुत, होटल र लघुुुबित्त समुहको सुचक घटेकाछन् ।
यसैगरी आज कमाउने कम्पनीहरुको सुचीमा नेपाल सेवा लघुबित्त बित्तीय संस्था, नेपाल हाईड्रो डेभलपर कम्पनी लगायतका संस्थाहरु परेकाछन भने गुुमाउने कम्पनीहरुको सुचीमा अपी पावर कम्पनी, रिडी हाईड्रो पावर कम्पनी लगायतका संस्थाहरु परेको छ । सेयर किनबेचका आधारमा भने आज प्रभुु, एनएमबी, मेगा, एनआईसी एसिया लगायतका बैंकहरु परेकाछन् ।