बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

धितोपत्र बोर्डद्धारा तीन महिनामा १६ करोड ९० लाख रुपैयाँको हकप्रद अनुमती

बुधबार, कार्तिक ७ २०७५

काठमाडौं,कार्तिक ७
नेपाल धितोपत्र बोर्डले पछिल्लो तीन महिनामा १६ करोड ९० लाख २५ हजार रुपैयाको हकप्रद सेयर बिक्री बितरण गर्न  अनुमती दिएको छ । बोर्डका अनुसार २०७५ साउन १४ गते देखि २०७५ असोज २४ गतेसम्म तीन वटा लघुबित्त बित्तीय संस्थाहरुलाई अंकित मुल्य एक सय रुपैयाँ कायम रहनेगरी १६ लाख ९० हजार नौ सय ५० कित्ता हकप्रद सेयर निष्काशन गर्न अनुुमती दिईएको हो । 
सो मध्ये स्वदेशी लघुुबित्त बित्तीय संस्थाले हाल कायम रहेको चुक्ता पुंजी मध्येबाट एक बराबर एकको अनुपातम ११ करोड ५० लाख  रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशको लागि अनुुमती पाएको छ । संस्थाले बिक्री प्रर्वन्धक एनआईसी एशिया क्यापिटल मार्फत यही असोज २३ गते देखि कात्र्तिक २६ गतेसम्मको सेयर बिक्रीको लागि खुल्ला गरिसकेको बोर्डले जानकारी दिएको छ । 
महुुली सामुुदायिक लघुबित्त बित्तीय संस्थाले पनि हाल कायम रहेको चुक्ता पुंजी मध्येबाट दुुई बराबर एकको अनुुपातमा एक सय रुपैयाँ अंकित मुल्य कायम रहनेगरी तीन करोड रुपैयाँ बराबरको तीन लाख कित्ता हकप्रद सेयर निष्काशन गर्नको लागि अनुुमती पाएको छ । बोर्डका अनुसार संस्थाले बिक्री प्रर्वन्धक सनराईज क्यापिटल मार्फत हकप्रद सेयर जारी गर्नको लागि यही असोज १४ गते अनुुमती पाएको हो । 
यसैगरी किसान लघुबित्त बित्तीय संस्थाले पनि दुुई करोड ४० लाख २५ हजार रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्नको लागि अनुुमती पाएको छ । संस्थाले यही असोज २४ गते बिक्री प्रर्वन्धक सिभिल क्यापिटल मार्फत हाल कायम रहेको चुक्ता पुंजी मध्येबाट एक सय रुपैयाँ अंकित मुल्य कायम रहने गरी दुुई लाख ४० हजार दुुई सय ५० कित्ता हकप्रद सेयर निष्काशन गर्न अनुुमती पाएको छ ।