बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

गृह मन्त्रालयद्धारा डीआईजीको पदस्थापन र सरुवा, एअरपोर्टमा बस्नेत, मेट्रोमा थापा

मंगलबार, कार्तिक ६ २०७५

काठमाडौै, कार्तिक ६ 
गृहमन्त्रायले बढुवा भएका प्रहरी नावय महानिरीक्षकहरुको पदस्थापन तथा सरुवा गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट आज मंगलबार गृहमन्त्री राम बहादुर थापा (बादल) ले डिआइजीहरुको पदस्थापन र सरुवा गरेका हुुन । 
उक्त निर्णय अनुसार अन्तराष्ट्रिय बिमानस्थलमा प्रदेश ५ का प्रमुख शेरबहादुर बस्नेत र महानगरीय प्रहरी आयुक्त कार्यालय (मेट्रो) मा शैलेश थापा क्षेत्री सरुवा भएकाछन । प्रहरी महानिरीक्षकको सचिवालयमा बिनोद शर्मा घिमिरे, प्रदेश २ मा हरिबहादुर पाल, प्रदेश ५ मा पिताम्बर अधिकारी सरुवा भएकाछन । 
यसैगरी केन्दिय अनुसन्धान व्युरो (सीआईबी) मा निरज शाही, लागुऔषध ब्युरोमा दिनेश अमात्य, प्रबन्धमा नारायणसिंह खड्का, अख्तियारमा ठाकुर ज्ञवाली र विशेष ब्यूरोमा कमल जिटी सरुवा तथा पदस्थापन भएकाछन ।