बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

जगदम्बा स्टिल उद्योगमा विस्फोट, ५ मजदुर घाइते

बुधबार, असोज २४ २०७५

बारा असोज, २४–
बाराको सिमरामा  जगदम्बा स्टिल उद्योगमा विस्फोट भएको छ ।  कवाडी समान भट्टीमा हालेर पगाल्ने क्रममा अचानक विस्फोट हुँदा ५ जना भारतीय मजदुर घाइते भएका छन् ।

प्रहरीका अनुसार अचानक पड्केको फलामको टुक्राले लागेर उनीहरु घाइते भएका हुन् । 

घाइते हुनेमा सितामणी बिहारका २२ वर्षीय कमलेश राय, २३ वर्षीय नरेश सहनी, २३ वर्षकै सन्दीप कुमार, २० वर्षीय पञ्कजकुमार र मोतीहारी घर भएका ३५ वर्षीय विनायक सिंह घाइते छन् ।

घाइतेमध्ये कमलेश, नरेश, सन्दीप र पञ्कज कुमारको अवस्था गम्भीर छ । उनीहरुको अहिले वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।