बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आईजीपी खनालको उदघोष्ः ‘प्रहरी संगठनमा रहेका किरा धमिरा टिपेर फाल्छु’

आइतबार, असोज २१ २०७५

काठमाडौं असोज, २१–
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीका केही धमिराका सिंगो संगठनलाई नै लान्छना लाग्ने गरेको बताएका छन् । उनले  संगठनमा रहेका किरा धमिरा टिपेर फाल्न फाल्न लागिपरेको भन्दै केही मान्छेका कारण सिंगो प्रहरी संगठन नै बदनाम हुने काम आफूलाई स्वीकार्य नभएको प्रष्ट पारे । 
आइतबार प्रहरी दिवस रनिङ कप भलिबलको समापन कार्यक्रमलाई  सम्बोधन गर्दै आईजीपी खनालले आफू प्रहरीभित्र रहेका किरा धमिरा टिपेर फाल्न लागिपरेको बताए । उनले भने,  ‘केही पदाधिकारीले गर्दा तपाईं हामी र सिंगो संगठनमाथि नै लान्छना आउने गरेको छ,’ उनले अघि भने, ‘त्यस्ता किरा धमिरा टिपेर फाल्न लागिपरेको छु । यसमा सबैको साथ सहयोग रहन जरुरी छ ।’
कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा अपराधीलाई कारबाही गर्नुपर्ने प्रहरी स्वयं प्रमाण नष्ट गर्न लागेको भन्दै आलोचित भइरहेको छ ।