काठमाडौ असोज, १७–
ग्लोबल आइएमई बैंक र चन्द्रागिरि हिल्सबीच मंगलबार चन्द्रागिरि केबुलकारको टिकट खरिदमा छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र चन्द्रागिरि हिल्सका महाप्रबन्धक अभिषेक विक्रम शाहले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौता पश्चात ग्लोबल आइएमई बैंकका डेबिट, क्रेडिट र प्रिभिलेज कार्ड लिएका ग्राहक महानुभाबहरुले चन्द्रागिरिको थानकोटस्थित काउण्टरबाट केबुलकारको टिकट खरिद गर्दा २० प्रतिशत छुट पाउनेछन् ।
काठमाडौंको थानकोटमा रहेको पर्यटकिय गन्तब्य चन्द्रागिरीमा दिन प्रतिदिन बढ्दै गएको चापलाई ध्यानमा राख्दै ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहक महानुभावहरुलाई सहुलियत दिने उद्देश्यले उक्त सम्झौतामा हस्ताक्षर गरेको हो । बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्ता विभिन्नखाले योजनाहरु ल्याईरहेको छ
बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले १३२ शाखा, १३८ एटिएम, ५ एक्सटेन्सन काउण्टर, १५ राजश्व संकलन काउण्टर, १०३ शाखा रहित बैंकिङ्ग सेवा र देश बाहिर ३ प्रतिनिधि÷सम्र्पक कार्यालय माफर्त आफ्ना ९ लाखभन्दा बढि ग्राहकहरुमाझ सेवा प्रदान गर्दै आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईबर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन, जोर्डन, अष्टे«लिया, बेलायत र भारत लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।