बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

बालाजुबाट पाँच किलो सुनसहित एकजना समातिए

बुधबार, असोज १७ २०७५

काठमाडौं असोज, १७–
काठमाडौंको बालाजुबाट फेरि पाँच किलो सुनसहित एकजना पक्राउ परेका छन् ।  
 सोमबार बेलुकी महानगरीय प्रहरी परिसरको टोलीले बालाजुको तीनपिप्ले भन्ने स्थानमा चेकजाँच गर्दा पाँच किलो सुन बरामद भएको जनाएको छ । 
सुनसहित रसुवाका १८ वर्षीय सोबहादुर तामाङ  पक्राउ परेका हुन् । उक्त सुन रसुवागढी नाकाबाट भित्राइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्ति भरिया मात्र रहेको र सुन धनी अर्कै व्यक्ति रहेको अनुमानमा प्रहरीको छ । 

प्रहरीले अहिले ११ बजे पत्रकार सम्मेलन आयोजना गरेर उनलाई सार्वजनिक गर्ने तयारी गरेको छ ।

यसअघि ९ असोजमा रसुवाढी नाकाबाटै अवैधरुपमा भित्राइएको तीन किलो सुनसहित टोखाबाट दुई जना पक्राउ परेका थिए ।

सोमबार पनि त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक विडेश भुनियालाई २ सय ७ ग्राम अवैध सुनसहित प्रहरीले पक्राउ गरेको थियो ।