काठमाडौं असोज, १५–
लगाातार घटेको नेप्से आज दोस्रो दिन पनि ओरालो लागेको छ । सोमबार नेप्से १८ दशमलव चार अंकले घटेर १२ सय ३८ दशमलव ६७ अंकमा पुुग्दा सेन्सिटिभ पनि चार दशमलव २९ अंकले घटेर दुुई सय ६२ दशमलव ८० अंकमा सिमित भएको छ । आज एक सय ६५ कम्पनीहरुको पाँच हजार सात सय ९७ वटा कारोबारमा १७ लाख ६१ हजार आठ सय १७ कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोबार रकम ५३ करोड ९६ लाख तीन हजार नौ सय ३५ रुपैयाँ पुुगेको छ ।
आज ११ वटा समुहको कारोबार हुँदा नौ वटा समुहको सुचक घटेर रातै भएका छन् । यसबाहेक उत्पादनमुुलक समुहको सुचक बढेर हरियो देखिएको छ भने ट्रेडिङ समुहको सुचक स्थिर भएको छ । वाणिज्य बैंक समुहको सुचक १९ दशमलव ८५ अंंकले घटेर एक हजार ८९ दसमलव ९१ अंकमा पुुगेको छ भने सेयर कारोबार रकम ३४ करोड ५३ लाख ३१ हजार रुपैयाँ पुुगेको छ । बिकास बैक समुहको सुचक २९ दशमलव ७३ अंकले घटेर १४ सय ९२ दशमलव २४ अंकमा पुुगेको छ भने सेयर कारोबार रकम दुुई करोड ६४ लाख १४ हजार तीन सय रुपैयाँ पुुगेको छ । आज जलबिद्युुत समुहको सुचक पनि आठ दशमलव ९१ अंकले घटेर १४ सय दुुई दशमलव १५ अंकमा पुुगेको छ भने सेयर कारोबार रकम चार करोड ३१ लाख २४ हजार तीन सय रुपैयाँ पुुगेको छ ।
यसैगरी जिवन बीमा, निर्जिवन बीमा, लघुबित्त, होटल, फाईनान्स र अन्य समुहको सुचक पनि घटेर रातै भएकाछन् । आज कमाउने तथा गुुमाउने कम्पनीहरु यस्ता रहेकाछन् ।
कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोबार मुल्य आजको बढेको मुल्य
१ नाडेप लघुबित्त संस्था ९२७ ९.९६
२ हिमालयन डिष्ट्रिलरी प्राली १४७८ ५.३५
३ सिर्नर्जी पावर डेभलपमेन्ट कम्पनी ११२ २.७५
४ वल्र्ड मर्चेन्ट बैकिङ एण्ड फाईनान्स ९७ २.११
५ बोटर्लस नेपाल (तराई) लिमिटेड ७०२२ १.९९
गुुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोबार मुल्य आजको घटेको मुल्य
१ भार्गभ बिकास बैंक १७१ ९.०६
२ साँग्रिला डेभलपमेन्ट बैक १५५ ६.१५
३ ज्योति बिकास बैंक १४० ६.०४
४ पुर्णिमा बिकास बैंक १७० ५.५५
५ कन्काई बिकास बैंक १३० ५.१०