बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एक बर्षदेखि पारिवारिक तनावमा प्रचण्ड, खुम्चिदै राजनीतिक परिधि

आइतबार, असोज १४ २०७५

काठमाडौं असोज, १४–
पुर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) एक बर्षदेखि पारिवारिक तनावमा  छन् । 

पुत्रवियोगको शोकमा जीवनसँगिनी सीताको रोग थपिएको छ । 

उनको हेरचाह र उपचारमा ध्यान दिनुपर्दा नेपाली राजनीतिका चलायनमा नेता प्रचण्डको परिधि नै खुम्चिएको छ । 

आठ महिनादेखि थलिएकी छिन्, सीता । 

१० असोजमा सिंगापपुरमा उपचार फलोअपका लागि उनीसँग छोरी गंगा र भतिज समिर मात्रै जाने तयारी थियो । तर, सीताले प्रचण्डलाई पनि लैजान जोडबल गरिन् । 

र, पार्टी अध्यक्ष एवंम प्रधानमन्त्री केपी ओलीसमते देशबाहिर रहेका बेला उनी पार्टीका तल्ला कमिटी एकीकरणको व्यस्तता छाडेर पत्नीको उपचारमा सिंगापुर जानुपर्यो । 

३० भदौमा चीन भ्रमणमा जाँदा समेत प्रचण्डले पत्नी सीता, छोरी र नातिनातिना सँगै लग्नुपरेको थियो । 

पारिवारिक स्रोत भन्छ पत्नीको विरामी अवस्थाले अध्यक्ष प्रचण्डले पहिलेजस्तो राजनीतिक सक्रियता मुस्किल भईरहेको छ ।, आजको नेपाल साप्ताहिकमा यो खबर छ ।