काठमाडौं । हाल वैदेशिक रोजगार व्यवसायको क्षेत्रमा देखापरेका समसामयीक विषयहरु समेटेर नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पत्रकार सम्मेलन गर्दैछ ।
महासचिव मेघनाथ भुर्तेलद्वारा जारी विज्ञप्तिमा जनाएअनुसार आज दिउँसो २ बजे एयरपोर्टस्थित होटल रोयल प्यालेसमा पत्रकार सम्मेलनको आयोजना गरिएको छ ।
साउदी अरबको VSF, मलेसियाको FWWMC लगायतका बारेमा संघको आधिकारिक धारणा जानकारी गराउन सम्मेलन मार्फत जानकारी गराउन व्यवसायी संघले पत्रकार सम्मेलनको आयोजना गर्न लागेको वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ ।
मलेसियामा स्थापित सन्दिग्ध कम्पनीमार्फत वैदेशिक रोजगार कामदार कल्याणकारी व्यवस्थापनका नाममा ‘सिन्डिकेट’ खडा गर्ने सम्झौता गरिएपछि व्यवसायीहरू आन्दोलित भएका छन् ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले कामदारको हितमा काम गर्ने सरकारी संस्था वैदेशिक रोजगार बोर्ड सचिवालयले एक नीजि कम्पनीसँग सम्झौता गर्नु गैर कानूनी भएको बताए ।
मलेसियाको रोजगारीमा एकाधिकार जन्माउन असफल प्रयास गरिएको भन्दै व्यवसायीहरुले विरोध गर्दै आएका छन् ।