बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

सामाजिक सुरक्षा कोषमा विभिन्न पदमा कर्मचारी माग

शुक्रबार, पुष ६ २०८०

काठमाडौं । सामाजिक सुरक्षा कोषले विभिन्न पदमा आवेदन माग गरेको छ।

रिक्त रहेका पदमा पदपूर्ति गर्न लोकसेवा आयोगको सहमतिमा कोषले दरखास्त आह्वान गरेको हो।

कोषले नवौं तह (उपनिर्देशक) देखि चौथो तहसम्मका लागि दरखास्त मागेको छ ।

विभिन्न ४४ पदमा दरखास्त आह्वान भएको छ आवेदन पुस २६ गतेसम्म दिन सकिनेछ ।

तोकिएको न्यूनतम योग्यता पुगेका इच्छुकले कोषको अनलाइन दरखास्त प्रणालीमार्फत दरखास्त दिनसक्ने कोषले बताएको छ।