काठमाडौं असोज, ४–
मुक्तिनाथ बिकास बैैंक र क्राउन ल्याबरोटरी एण्ड रिफरल सेन्टरबिच सम्झौता भएको छ । बैंकका ग्राहकहरुलाई विशेष छुट दिने बिषयमा दुुबै संस्थाका प्रमुुखहरुबीच सम्झौता भएको हो ।
सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकका डेविट तथा के्रडिट कार्ड भएका सबै ग्राहकहरुले उक्त ल्याबरोटरीबाट स्वास्थ सेवा सुविधा लिएवापत लाग्ने सम्पूर्ण खर्चमा २५ प्रतिसत विशेष छुट दिने व्यवस्था भएको छ । उक्त सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट बजारीकरण विभागका विभागीय प्रमुख बसन्त बक्सी र क्राउन ल्याबरोटरी एण्ड रिफरल सेन्टरको तर्फबाट प्रशाशनिक निर्देशक कान्ति थापाले हस्ताक्षर गर्नु भएको छ । यो सुविधा लिन बैंकको डेविट वा क्रेडिट कार्ड देखाएमात्र पनि उक्त छुट सुविधा आगामी एक वर्ष सम्म प्राप्तगर्न सकिनेछ । यस सुविधाबाट बैंकका सेवाग्राहीहरु लाई थप लाभ हुने अपेक्षा गरिएको छ ।