काठमाडौं – इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले भुकम्प पिडितहरुलाई राहत वितरण गरेको छ । नेपालको पश्चिम क्षेत्र अन्र्तगत जाजरकोट नलगाड नगरपालिकामा यही कात्र्तिक १७ गते गएको विनासकारी भुकम्पको प्रभावले यस इन्फिनिटी लघुवित्त वित्तिय संंस्था लि.शाखा कार्यालय थारमारे सल्यानमा आवद्ध समुह नं ०७६,०७७,०७८,०८०,०८१ काग्राहक सदस्यहरुको परिवारमा घर, गोठ आदीमा धन जनमाक्षति पु¥याएकोले त्यस स्थानमा रहेका ५२ घरपरिवारका सदस्यहरुलाई संस्थाले आर्थिक राहत वितरण गरेको हो ।
संस्थाका अनुसार सोमबार पश्चिम रुकुम जिल्लाको त्रिवेणी गाँउपालिका वडा नं ९ को रुकुम पेउघामा कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रम संस्थाकी सदस्य गिता नेपालीको अध्यक्षतामा त्रिवेणी गा.पा वडा नं १० का स्थानिय जनप्रतिनिधी वडा अध्यक्ष सेरमन खड्काका साथै सोहि गाउपालिका वडा नं ९ नुवाकोट प्रहरी चौकिका हवल्दार तोप बहादुर खड्का र सहायक प्रहरी हवल्दार शेर बहादुर शाहीको विशेष उपस्थितमा सम्पन्न भएको जानकारी अनुगमन अधिकृत अमृत लामिछानेले गराए ।