बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेशनल बैंकिङ्ग इन्ष्टिच्युट र एनएमबि बैंकबीच यस्तो सम्झौता

आइतबार, भाद्र ३१ २०७५

काठमाडौं भदौ, ३१–
नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लि. र एनएमबि बैंक लि.बीच तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।  गएको  भदौ २८ गते 
भएको  सम्झौताअनुसार एन.बी.आईले एनएमबि बैंक लि. का कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । सम्झौता अनुसार एनएमबि बैंक लि. ले आफ्नो कर्मचारीहरुका लागि नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबाट न्युनतम रु ५० लाख बराबर रकमको वार्षिक तालिम संचालन गराउने छ ।
उक्त सम्झौतापत्रमा एनएमबि बैंक लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी. र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत  संजिब सुब्बाले हस्ताक्षर गरेका हुन् ।