बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आज कर्णाली प्रवेश गर्दै एमालेको ‘समृद्धिका लागि संकल्प यात्रा’

आइतबार, मंसिर १७ २०८०

काठमाडौं । नेकपा (एमाले) को झुलाघाट–चिवाभञ्ज्याङ : समृद्धिका लागि सङ्कल्प यात्राको चौथो दिन आज सुदूरपश्चिमको यात्रा सकेर कर्णाली प्रदेश प्रवेश गर्दैछ।

अध्यक्ष केपी शर्मा ओलीको कमाण्डमा मध्यपहाडको समृद्धिका सम्भावना पहिल्याउँदै हिडेको टोली गएराति अछामको मंगलसेनमा बास बसेको थियाे ।

आज मंगलसेनाबाट अघि बढेको टोली कर्णाली प्रदेशको दैलेख जिल्ला स्थित राकममा बिहानको खाना खाने योजना रहेको प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

आठबीस नगरपालिकाको राकम कर्णालीमा हुने सन्देश सभालाई बृहत् आमसभाको रूपमा सम्पन्न गर्ने तयारी कर्णाली एमालेले गरेको छ ।

उक्त आमसभालाई पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् । आमसभा तयारी तीब्र रूपमा भइरहेको र दश हजार भन्दा बढी जनता सहभागी गराउने तयारी भइरहेको बताइएको छ ।

एमालेले मंसिर १४ गते देखि मध्यपहाडी राजमार्गको पश्चिमी प्रस्थान विन्दु बैतडीको झुलाघाटबाट यात्रा सुरु गरेको थियो।  सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय नाम दिइएको यो यात्रा पुस १ गते पूर्वी सीमा पाँचथरको चिवाभञ्ज्याङ पुगेर समापन हुनेछ।