काठमाडौं भदौ, १९–
नागढुंगाबाट प्रहरीले २ किलो सुन बरामद गरेको छ । काठमाडौं प्रहरी परिसरले नागढुंगाबाट २ किलो सुन बरामद गरेको हो।
प्रहरीका अनुसार काठमाडौं र त्यस मातहतको वृत्त थानकोटबाट खटिएको टोलीले २ किलो सुनसहित एक जनालाई पक्राउ गरेको हो ।
प्रहरीले यस विषयमा थप जानकारी दिन आजै दिउँसो २ बजे पत्रकार सम्मेलन आयोजना गर्दैछ।