काठमाडौं भदौ, १८–
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिकित्सकहरुको आन्दोलन जायज भएको बताएका छन् । नेपाल प्रेस युनियन भरतपुर शाखाले चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले उपचार सेवा नै ठप्प पार्दै आएका चिकित्सकहरुको आन्दोलनमा कांग्रेसको समर्थन रहेको प्रष्ट पारे । देउवाले भने, ‘उनीहरुका जायज माग सम्वोधन हुनुपर्छ ।’
एक अर्को फरक प्रसंगमा बोल्दै सभापति देउवाले सरकारको काम गराई चित्तबुझ्दो नभएको भन्दै सच्चिन आग्रह गरेका छन् । नेपाली कांग्रेस बलियो प्रतिपक्ष भएर बसेकोले सरकारको हरेक क्रियाकलाप नजिकबाट नियालेको देउवाको भनाइ थियो ।