काठमाडौं भदौ, १५–
अशोककुमार ब्याञ्जु श्रेष्ठ नेपाल नगरपालिका संघको अध्यक्षमा पुनः निर्वाचित भएका छन् ।
धुलिखेल नगरपालिकाका मेयर ब्याञ्जु संघको छैठौं राष्ट्रिय सम्मेलनबाट पुनः अध्यक्षमा निर्बिरोध निर्वाचित भएका हुन् ।
संघको उपाध्यक्षमा बेलकोटगढी नगरपालिकाकी उपमेयर कविता ढुंगाना निर्वाचित भएकी छन् भने महासचिवमा निलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगाना चयन भएका छन् ।
यस्तै उपमहासचिवमा जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साह, कोषाध्यक्षमा तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डे र सहकोषाध्यक्षमा काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी निर्वाचित भएका छन् । सम्मेलनबाट ३९ सदस्यीय नयाँ समिति चयन भएको छ ।