बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सडकैपिच्छेको करले हैरानी

शुक्रबार, भाद्र १५ २०७५

१५ भदौ, काठमाडौं–आन्तरिक स्रोत वृद्धि गर्ने भन्दै मध्यविन्दु नगरपालिकाले सडक कर लिन सुरु गरेको छ । 

सबै वडाका पक्की सडकमा नगरपालिकाले ढाट तेस्र्याएर कर असुल्न थालेको हो । 

नगरपालिकाका आलोक चक्रपथका चार ठाउँमा कर असुलीका लागि ढाट राखिएका छन् । 

साबिकको जिविसको योजनाअन्तर्गत निर्माण भएका सडकमात्रै होइन, पुर्वपश्चिम राजमार्गमै पनि नगरपालिकाले सडक कर लिने गरेको छ । 

साउनबाट असुली सुरु गरेका हौ, नगरपालिका सुचना अधिकृत घनश्याम गाहले भने, नगरपालिकाको आम्दानी बढाउन कर लगाउनुको विकल्प नभएर लिन थालेको हो ।, आजको कान्तिपुरदैनिकमा यो खबर छ ।