मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

इजरायल युद्धमा मारिएका चार नेपालीको शव आइतबार विहान नेपाल ल्याइपुर्‍याउने

शनिबार, कार्तिक ४ २०८०

काठमाडौं । इजरायल युद्धमा मारिएका चार नेपालीको शव नेपाल ल्याइने भएको छ ।

हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार बिहानसम्ममा नेपाल ल्याइने भएको हो ।

नेपालबाट ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायल पुगेका नेपाली विद्यार्थीहरुमध्ये निधन भएका चार जनाको शव इजरायल सरकारले इजरायल स्थित नेपाली दूतावासलाई बुझाएको छ ।

प्यालेस्टाइनको सुन्नी-इस्लामिक कट्टरपन्थी सङ्घठन हमास र इजरायल बीचको युद्ध जारी छ, हमासले अचानक इजरायलमा गरेको आक्रमणमा परी हालसम्म इजरायलमा करिब १२०० भन्दा बढीले ज्यान गुमाएका छन् ।

इजरायलले गरेको जवाफी हमलामा गाजा शहरमा पनि २५०० भन्दा बढी मानिस मारिएका छन् ।

नेपालबाट ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायल पुगेका नेपालीको पनि नृशंस हत्या गरियको छ र हजारौं घाइते भएका छन् ।

कञ्चनपुरका विपिन जोशीसहित २ सय ५० जना हमासको बन्धकमा छन् ।