बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सिभिल बैंकद्वारा बालविकास समाजलाई दुई लाख प्रदान

आइतबार, भाद्र १० २०७५

काठमाडौं भदौ, १०–
सिभिल बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा शनिबार एक कार्यक्रमबीच बालविकास समाजलाई दुई लाखको चेक हस्तान्तरण गरेको छ ।  उक्त चेक सिभिल बैंकका चिफबिजिनेस अफिसर सुजित कुमार शाक्यले बालविकास समाजका अध्यक्ष ुवासु गौतम र कोषाध्यक्ष सुरेन्द्र ढकाललाई  संयूक्त रुपमा हस्तान्तरण गरेका थिए  । उक्त कार्यक्रममा बालविकास समाजका संचालक समिति, सरकारी पदाधिकारीहरु तथा अन्य गन्यमान्य ब्यक्तिहरुको उपस्थिति थियो ।
देशको भविष्य युवा पुस्ताको हातमा रहेको कुरा मनन गर्दै बालविकास समाजलाई यो सहयोग गरिएको कुरा बैंकका चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्यले बताए  । बैंकले आफ्नो स्थापनाकालदेखि नै बालबालिकाको क्षेत्रमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तरगत पाँचखालमा संचालित ‘समाज कल्याण बाल गृहका तीन अनाथ बालकहरूको कक्षा १० सम्मको सम्पूर्ण खर्च बैंकले विगत ८ वर्ष देखि ब्योहोर्दै आइरहेको छ । यस बाल विकास समाजसँग पनि बैंकले विगत २ वर्षदेखि निरन्तर रुपमा सहयोग उपलब्ध गराउँदै आइरहेकोे छ ।