काठमाडौं भदौ, ६–
निर्माण सम्पन्न हुन बाँकी रहेको भन्दै केही दिन पहिले सञ्चालनमा आएको कलंकीको अण्डरपास बन्द भएको छ । चक्रपथ सुधार आयोजनाले (आज) बुधबार देखि अण्डरपास बन्द गरेको हो ।
केही दिन परीक्षणका लागि सुरु गरिएको र निर्माण सम्पन्न गर्न केहीदिन बन्द गर्नु पर्ने भएको भन्दै बन्द गरिएको बताईएको छ ।
आयोजनाले एक सातापछि पुनः अण्डरपास सञ्चालन गर्ने जानकारी गराएको छ । अण्डरपास बन्द भएसँगै ट्राफिक जामको समस्या पुनः बल्झिएको छ । अण्डरपास बन्द भएसँगै सवारीसाधनहरु २५ मिनेट जाममा बस्न बाध्य भएका छन् ।
चीन सरकारको सहयोगमा चक्रपथ सुधार परियोजना अन्र्तगत निर्मित कलंकी अण्डरपास यही भदौ एक गतेदेखि सुरु भएको थियो । साउन १ गतेदेखि नै सरु गर्ने गरी निर्माण भएको अण्डरपास अन्ततः भदौ १ गते बिहीबारदेखि सञ्चालनम आएको थियो ।
सन् २०१६ मा सुरु गरिएको अण्डरपास ६ महिनाभित्र पूरा गर्ने लक्ष्य राखिए पनि पटकपटक समय थप गरिएको थियो ।
यो अन्डरपास नेपालकै पहिलो हो । अण्डरपासको लम्बाई ८ सय मिटर रहेको छ ।