मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

इन्धनमा पुरानै मूल्य कायम गर्न आयल निगमलाई सरकारको निर्देशन

आइतबार, असोज १४ २०८०

काठमाडौं । सरकारले खाना पकाउने ग्याससहित इन्धनमा बढाइएको मूल्य फिर्ता लिने भएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले नेपाल आयल निगमले शनिबार रातिदेखि लागू हुनेगरी बढाएको इन्धनको मूल्य फिर्ता लिने निर्णय गरेको हो ।

नेपाल आयल निगम सञ्चालक समितिको बैठकले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी मूल्य बढाएको थियो । खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर २ सय १५ रुपैयाँ मूल्य बढाइएको थियो ।

तर अब सरकारको निर्णयसँगै पुरानै मूल्य प्रतिसिलिन्डर १ हजार ८ सय ९५ रुपैयाँ कायम हुने छ । पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ बढाएएको मूल्य पनि फिर्ता हुने भएको छ ।