बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सामाजिक मर्यादा भन्दा बाहिर गएर सूचना माग्न मिल्दैनः प्रधानमन्त्री ओली

आइतबार, भाद्र ३ २०७५

काठमाडौं भदौ, ३–
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सबै निकायलाई लोकतन्त्रको मर्म अनुसार  नागरिकको सूचना पाउने हकको सम्मान गर्न आग्रह गरेका छन् । 
 राष्ट्रिय सूचना दिवशका अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । 
 सन्देशमा प्रधानमन्त्री ओलीले  सुचनाको हकको बिषयमा कानुनी प्रक्रियाको अनुसरण गरी आफ्नो संवैधानिक हकको उपयोग गर्न सम्पूर्ण देशबासीलाई आहवान पनि गरेका छन् ।   प्रधानमन्त्री ओलीले राज्यका कामकारबाहीलाई नागरिकप्रति जवाफदेही बनाउन सार्वजनिक महत्वको सुचनामा आम नागरिकको पहुँच सरल र सहज हनुपर्छ भन्ने सरकारको धारणा रहेको बताएका छन् । ‘नागरिकलाई कसैको व्यक्तिगत मामिला वा आम सरोकार नभएका विषयमा सूचनाको हक  आकर्षित नहुने कुरा तर्फ समेत सजग गराउछु ।’ प्रधानमन्त्री ओलीले आफ्नो सन्देशमा भनेका छन् । 
  सूचनाको हक प्रयोग गर्दा हरेक व्यक्तिलाई आफ्नो कर्तब्यको पनि ख्याल गर्न प्रधानमन्त्रीले स्मरण गराएका छन् ।  सूचनाको हक उपभोग गर्ने नाममा सामाजिक मर्यादा विपरित र वैयक्तिक वा असम्बन्धित बिषयमा सुचना माग्नु उचित नहुने प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।
 वर्तमान सरकार पारदर्शीता,भ्रष्टाचार नियन्त्रण,विधिको शासन र जवाफदेहीताको संस्कृतीमा आधारित भएर सुशासनलाई अघि बढाइरहेको प्रधानमन्त्री ओलीको  भनाइ छ । ‘सुशासनलाई मजवुद बनाउदै समृद्ध नेपाल,सुखी नेपालीको मूल ध्येयलाई साकार तुल्याउन सरकार अघि बढेको छ ।’ प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ ।